१३ आश्विन २०८३, मंगलबार

नवीकरणदेखि भण्डारणसम्म कैफियत: विराटनगरका तीन फार्मेसीमा लाग्यो ताला

Logo
Pulse Khabar मंगलबार, आश्विन १३, २०८३

विराटनगर:औषधि बिक्री तथा भण्डारणमा तोकिएको मापदण्ड पालना नगरेको भेटिएपछि विराटनगरको अस्पताल चोकमा सञ्चालित तीनवटा फार्मेसीमा मंगलबार सिलबन्दी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा औषधि व्यवस्था विभागले इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसीमा सिलबन्दी गरेको हो । सिलबन्दी गरिएका फार्मेसीमा नवीकरणदेखि औषधि भण्डारणसम्म कैफियत भेटिएको अनुगमन समितिले जनाएको छ ।अनुगमनका क्रममा फार्मेसी सञ्चालनको अनुमति तथा नवीकरण, व्यवसायीको उपस्थितिदेखि औषधि भण्डारण र बिक्रीसम्म विभिन्न कैफियत भेटिएको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काले बताए । उनका अनुसार खुश फार्मेसीमा दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेको, औषधि विज्ञ नभएको र दर्ता नभएका औषधिसमेत बिक्रीका लागि राखिएको भेटिएको थियो ।त्यसैगरी, इमान फार्मेसीको नवीकरण अवधि सकिएको तथा विभागको स्वीकृतिबिनै स्थान परिवर्तन गरेर सञ्चालन गरिएको पाइएको थियो । सुरेश फार्मेसीमा भने लामो समयदेखि नवीकरण नै नगरी औषधि पसल सञ्चालन भइरहेको भेटिएको थियो ।

उक्त फार्मेसीले २०७५ सालदेखि नवीकरण नगरेको अनुगमनका क्रममा खुलेको निरीक्षक खड्काले बताए ।औषधि ऐनको संशोधित व्यवस्थाअनुसार फार्मेसीको म्याद सकिएपछि ३० दिनभित्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको उनले बताए । तोकिएको अवधिभित्र नवीकरण नभए फार्मेसी विना दर्ताको अवस्थामा पुग्ने भएकाले कानुनअनुसार सिलबन्दी गरिएको उनको भनाइ छ ।संयुक्त अनुगमनमा औषधि व्यवस्था विभागसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र राजस्व अनुसन्धान कार्यालय विराटनगरका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा बिलबिजक व्यवस्थित नराखेका केही औषधि पसललाई राजस्व अनुसन्धान कार्यालयले जरिवानासमेत गरेको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206