१३ आश्विन २०८३, मंगलबार

विश्व मुटु दिवस आज: देशभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै

Logo
Pulse Khabar मंगलबार, आश्विन १३, २०८३

काठमाडौं:मुटु स्वस्थ राख्न सचेतना फैलाउने उद्देश्यले आज (मंगलबार) विश्व मुटु दिवस मनाइँदै छ ।

हरेक वर्ष सेप्टेम्बर २९ मा विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।मुटुसम्बन्धी रोगको जोखिम, त्यसका लक्षण र रोकथामका उपायको बारेमा जनचेतना फैलाउने उद्देश्यले विश्व मुटु दिवस मनाउन थालिएको हो । सन् १९९९ मा विश्व मुटु संगठन र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रयासमा दिवस मनाउन सुरु गरिएको थियो । नेपालमा भने सन् २००० देखि विश्व मुटु दिवस मनाइँदै आएको छ ।यस वर्षको विश्व मुटु दिवसको नारा ‘कुनै पनि पल नछुटाउनुहोस्’ रहेको छ ।नाराले मुटुसम्बन्धी समस्या देखिँदा त्यसका संकेतलाई बेवास्ता नगरी समयमै पहिचान र उपचारतर्फ लाग्न प्रेरित गरेको छ ।

मुटु रोगका कतिपय लक्षण सुरुवाती अवस्थामा सामान्यजस्ता देखिन सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण र आफ्नो स्वास्थ्य अवस्थाप्रति सचेत रहन आवश्यक मानिन्छ । मुटुको धड्कनमा असामान्य परिवर्तन, छातीमा असहजता वा अन्य स्वास्थ्यसम्बन्धी संकेत देखिए त्यसलाई सामान्य ठानेर बेवास्ता नगर्न यस वर्षको अभियानले जोड दिएको छ ।विश्व मुटु दिवसका अवसरमा मुटु स्वस्थ राख्न नियमित स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली र समयमै स्वास्थ्य सेवा लिनुपर्ने सन्देश दिइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206