१३ आश्विन २०८३, मंगलबार

झापामा पर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन, चामल र नुनमा विशेष छुट

Logo
Pulse Khabar मंगलबार, आश्विन १३, २०८३

झापा:दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा दैनिक उपभोग्य वस्तुमा छुटसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिरा मसिनो र सोना मन्सुली चामलमा प्रतिकिलो पाँच रुपैयाँ तथा नुनमा प्रतिकिलो दुई रुपैयाँ छुट दिएका छन्।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडपर्वका बेला उपभोक्तालाई राहत दिन सरकारी संस्थानसँगको समन्वयमा चामल, चिनी र नुनलगायत दैनिक उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिर्तामोडस्थित मुख्य शाखा कार्यालयका प्रमुख राजबहादुर राईका अनुसार जिरा मसिनो चामल प्रतिकिलो ८५ रुपैयाँ र सोना मन्सुली चामल ५७ रुपैयाँमा बिक्री भइरहेको छ। उनका अनुसार कार्यालयमा हाल सोना मन्सुली चामल २ हजार ४०३ क्विन्टल, स्टिम जिरा चामल ३ हजार २३३ क्विन्टल र चिनी ४९५ क्विन्टल मौज्दात छ। माग र आवश्यकताका आधारमा थप खाद्यान्न मगाइने उनले बताए।

त्यस्तै, साल्ट ट्रेडिङले जिल्लाका २५ भन्दा बढी विक्रेतामार्फत नुन तथा चिनी बिक्री गर्दै आएको जनाएको छ। कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार नुनको पर्याप्त मौज्दात रहेको छ।चाडपर्वका समयमा बजारमा कृत्रिम अभाव र कालोबजारी हुन नदिन बजार अनुगमनलाई प्रभावकारी बनाइने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। उपभोक्ता हितविपरीतका गतिविधि भेटिए प्रचलित कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिए।साल्ट ट्रेडिङले दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिर्तामोडसहित विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा पनि सुपथ मूल्य पसल सञ्चालन गरेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206