१२ आश्विन २०८३, सोमबार

वर्षा रोकिएसंगै बेनी–दरवाङ सडक मर्मत थालियो

Logo
Pulse Khabar सोमबार, आश्विन १२, २०८३

म्याग्दी: पछिल्लो झरिका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत थालिएको छ ।

गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकको विभिन्न ठाउँमा पहिरो र बाढीले क्षति गरेर अवरुद्ध बनेको छ । पूर्वाधार विकास कार्यालयमार्फत उपकरण परिचालन गरेर आइतबार अपराह्नदेखि बेनीदेखि पहिरो पन्छाउने काम थालिएको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिनुभयो । “पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहतका साथै जनजीवनलाई सहज बनाउनका लागि मुख्यमन्त्री र भौतिक मन्त्रालयसँग समन्वय गरेर जति सक्दो छिटो सडकमा यातायात सञ्चालनका लागि जुटेका छौँ,” उहाँले भन्नुभयो, “बेनीदेखि तातोपानीसम्म आठ किलोमिटर सडकमा आइतबार साँझदेखि यातायात सुचारु भएको छ ।”सोमबार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापरखेत, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा खण्ड÷खण्डमा त्यहाँ उपलब्ध भएका उपकरणहरु परिचालन गरेर सडक मर्मतको कामलाई तीव्रता दिन आफैँ स्थलगत रुपमा खटिएको सांसद जुग्जालीले बताउनुभयो ।

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले आ–आफ्ना मातहत रहेका सडकहरुलाई मर्मत गरेर जति सक्दो छिटो यातायात सञ्चालनको व्यवस्था मिलाउने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुुसार तीनै तहका जनप्रतिनिधि र निकायसँग समन्वय गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।पछिल्लो समय रसुवा बाढीपछि चीनसँगको मुख्य व्यापारिक नाका कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकको तिल्केनीचौरमा कालीगण्डकीले सडक कटान, पोखरेबगरमा सडक पुलको पहुँचमार्ग र खामभित्तामा कटान गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । थप क्षतिको विवरण बुझेर सडक मर्मतको काम अघि बढाउन सङ्घीय सरकार मातहतको सडक विभागसँग समन्वय गरिएको प्रजिअ गैरेले बताउनुभयो । बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात सम्पर्कविच्छेद भएको छ । कोरला नाकाबाट हुने आयात निर्यात प्रभावित भएको छ । मुुस्ताङबाट स्याउ र च्याङग्रा बिक्रीका लागि बजार पठाउन समस्या भएको छ । सोह्र श्राद्धमा कागबेनीमा हिन्दू धर्मावलम्बीहरुले पितृ तर्पण दिने गर्छन् । शरद्याम पर्यटकको याम पनि हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206