१२ आश्विन २०८३, सोमबार

आर्थिक गणनाः लगत प्रशोधन प्रक्रिया सुरु

Logo
Pulse Khabar सोमबार, आश्विन १२, २०८३

काठमाडौँ:राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन प्रक्रिया धमाधम अगाडि बढाएको छ ।

गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले प्रविष्टि गरिएको तथ्याङ्कमा रहेका गल्ती, दोहोरिएका विवरण तथा नमिलेका अङ्कलाई सच्याएर गुणस्तर सुनिश्चित गरिने जानकारी दिनुभयो ।लगत प्रशोधन प्रक्रियालाई अत्यन्त महत्त्वपूर्ण र संवेदनशील कार्यका रूपमा लिइन्छ । सङ्कलन गरिएको तथ्याङ्कलाई सही, परिमार्जित र उपयोगी बनाउन यो प्रक्रिया विभिन्न चरणमा सम्पन्न गरिन्छ । आर्थिक गणनामा १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान सहभागी भएका थिए । गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना भएको थियो ।प्रतिष्ठानलाई तिनीहरूको प्रकृतिका आधारमा औद्योगिक, व्यापारिक, सेवामूलक अन्तरराष्ट्रिय वा राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने छ । यस्तै, कागजी वा डिजिटल फारमलाई केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्टि गर्ने काम भइरहेको निर्देशक डा ढकालले उल्लेख गर्नुभयो ।

करिब दुई लाख व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रविष्ट गरिएको छ भने करिब छ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न गरिसकिएको छ । व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानको सङ्ख्या अलगअलग गणना गरी समावेश गरिनेछ ।तथ्याङ्क प्रविष्टलगायत कार्यका लागि २०० जनशक्ति व्यवस्थापन गरिएको छ । सो प्रतिवेदन तयार भएपछि देशको आर्थिक विकासका लागि महत्त्वपूर्ण तथ्याङ्क प्राप्त हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206