१२ आश्विन २०८३, सोमबार

सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ घट्यो

Logo
Pulse Khabar सोमबार, आश्विन १२, २०८३

काठमाडौं:नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो। आइतबार प्रतितोला २ लाख ९९(उनान्सय)  हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ९४(चौरान्नब्बे) हजार ३०० रुपैयाँमा झरेको छ।त्यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम सुन २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको छ।त्यस्तै, सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ८६७ रुपैयाँ कायम भएको छ। आइतबार यसको मूल्य ३ हजार ९९०(नौ सय नब्बे) रुपैयाँ ५० पैसा थियो।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206