११ आश्विन २०८३, आइतबार

करेन्ट लागेर चितुवाको मृत्यु

Logo
Pulse Khabar आइतबार, आश्विन ११, २०८३

नारायणगढ: चितवनको रामपुरस्थित कृषि क्याम्पस परिसरमा रहेको विद्युत् ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा एक चितुवा मृत फेलापरेको छ ।

शनिबार गरिएको पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार करिब १० महिनाको पोथी चितुवा ट्रान्सफर्मरमा टाँसिएको अवस्थामा मृत फेलापरेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक एवं प्राविधिकको टोलीले चितुवाको शवको अध्ययन तथा पोस्टमार्टम गरेको थियो । केन्द्रका पशु चिकित्सक डा अमिर सडौलाका अनुसार पोस्टमार्टमबाट चितुवाको मृत्यु करेन्ट लागेर भएको पुष्टि भएको हो ।गत असार साउनमा रामपुर बस्ती क्षेत्रमा बच्चासहित माउ चितुवा देखिएको थियो । त्यसपछि डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रको पहलमा एउटा बच्चा भाले चितुवा नियन्त्रणमा लिएर अहिले संरक्षण केन्द्रमा राखिएको छ ।

गत असारदेखि विशेषगरी भरतपुर महानगरपालिका–१५ र ५ नम्बर वडामा चितुवाको चहलपहल बढेको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालय आसपासका झाडी तथा पोल्ट्री फार्ममा चितुवा देखिएपछि डिभिजन वन कार्यालयले नियन्त्रणका लागि सक्रियता बढाएको थियो ।डिभिजन वन कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार चितुवा नियन्त्रणका लागि दिउँसो ड्रोन उडाउने, सिसी क्यामेरा जडान गर्ने, खोर (केज) ट्रयापिङ तथा खुट्टा ट्रयापिङ (लेग ट्रयाप) प्रयोग गर्ने गरिएको छ । यस क्रममा दुईवटा बच्चामध्ये एउटालाई रामपुर नजिकैको झाडीबाट नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । माउ चितुवा भने अर्को बच्चासहित अझै बस्ती क्षेत्रमा देखिँदै आएको थियो । आज मृत फेलापरेको चितुवा यसै समूहको बच्चा हुनसक्ने सम्भावना रहेको डा सडौलाले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206