१० आश्विन २०८३, शनिबार

एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

Logo
Pulse Khabar शनिबार, आश्विन १०, २०८३

काठमाडौँ: नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली खेलकुदको पुरुष एकलतर्फ अन्तिम–३२ बाट बाहिरिएका छन् ।

चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० ले पराजित भए । उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे ।क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई २–० ले हराएका थिए । एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाली खेलाडीको यो एकमात्र जित रह्यो । महिला एकलमा रशिला महर्जन र रिहाना महर्जन पहिलो चरणबाटै बाहिरिए । रशिला चीनकी वाङ झी यी तथा रिहाना श्रीलङ्काकी रणिथ्मा थिनुडी वेहेनागेसँग पराजित भए ।

मिक्स्ड डबल्समा क्षितिज–रिहाना तथा प्रफुल महर्जन–रशिलाको जोडी पनि पहिलो चरणमै रोकिएको थियो । पुरुष डबल्समा क्षितिज–प्रफुल तथा महिला डबल्समा रशिला–रिहानाको जोडीले पनि पहिलो चरण पार गर्न सकेनन् ।पुरुष एकलमा प्रफुल श्रीङ्काका डुमिन्डु अबेविक्रमसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206