१० आश्विन २०८३, शनिबार

एसियाली खेलकुद: जापानसँगको खेल रद्द भएसँगै नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

Logo
Pulse Khabar शनिबार, आश्विन १०, २०८३

काठमाडौं:वर्षाका कारण खेल रद्द भएपछि २० औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र आयोजक जापानले अंक बाँडेका छन् ।

अंक बाँडे लगत्तै नेपाल समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।जापानको कोरोगी एथ्लेटिक पार्कमा शनिबार भएको खेलमा नेपालले ब्याटिङ गर्दै चुनौतीपूर्ण योगफल खडा गरे पनि त्यसपछि परेको लगातारको वर्षाका कारण दोस्रो इनिङ सम्भव भएन । म्याच रेफ्रीले खेल रद्दको निर्णय गरेपछि नेपालले शीर्ष स्थान हासिल गर्दै अन्तिम आठमा स्थान पक्का गर्‍यो ।नेपालले सेप्टेम्बर २९ तारिखमा क्वार्टर फाइनलमा टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्ने छ । जितविहीन बनेको जापान भने समूह चरणबाटै बाहिरिएको छ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । सोही जित नेपाललाई समूह विजेता बनाउन निर्णायक बन्यो ।समूह ‘ए’ बाट उपविजेता बनेको अफगानिस्तानले अब क्वार्टर फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने छ । सन्दीप र लोकेशको विस्फोटक अर्धशतक वर्षाका कारण १५ ओभरमा छोटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १४९ रनको विशाल योगफल तयार पारेको थियो ।तर, नेपालले दिएको १५० रनको लक्ष्य पछ्याउन जापान मैदान उत्रिनै नपाई पानी परेपछि खेल अंक बाँड्दै टुगिंयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206