०९ आश्विन २०८३, शुक्रबार

विश्व हिन्दू परिषद् नेपाल एवं जनकल्याण प्रतिष्ठानको केन्द्रीय बैठक–२०८३ सुरु

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०९, २०८३

काठमाडौं : विश्व हिन्दू परिषद् नेपाल एवं जनकल्याण प्रतिष्ठानको केन्द्रीय बैठक–२०८३ काठमाडौंको मण्डिखाटारस्थित पतञ्जली योगपीठमा आजदेखि सुरु भएको छ।

उद्घाटन सत्रमा विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय संगठन महामन्त्री माननीय मिलिन्द पराण्डेजीको विशेष उपस्थिति रहेको छ। कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष श्री पुरुषोत्तम भण्डारी, महासचिव श्री राजेन्द्र प्रसाद चौधरी, सचिव श्री महेन्द्र पन्त, पूर्व अध्यक्ष श्री टिका पहारी, हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय प्रचारक माननीय वेद प्रकाश जी, संघचालक माननीय कल्याण कुमार तिम्सिना जी तथा जनकल्याण प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष श्री विनोद पोद्दार जी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको छ।

दुई दिनसम्म सञ्चालन हुने बैठकमा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय तथा प्रदेश समितिका पदाधिकारीहरू, विभिन्न तहका जिम्मेवार कार्यकर्ताहरू तथा पूर्णकालीन कार्यकर्ताहरूको सहभागिता रहेको छ।

बैठकका क्रममा संगठनको आगामी कार्यदिशा, सांगठनिक गतिविधि, विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रम र भावी कार्ययोजना लगायतका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206