०८ आश्विन २०८३, बिहिबार

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

Logo
Pulse Khabar बिहिबार, आश्विन ०८, २०८३

त्रिशूली (नुवाकोट): भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आउनुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताउनुभएको छ ।

धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उहाँले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नेभन्दा पनि सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रुपमा पुनःस्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजकसमेत रहनुभएका नेपालले जलवायु तथा मौसम परिवर्तनका कारण विपद्का घटना बढ्दै गइरहेकाले आगामी दिनमा अझ ठूलो विपद् आउन सक्ने भन्दै पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।उहाँले भन्नुभयो, “बाढीले क्षति पु¥याएका क्षेत्रलाई जोखिमयुक्त भूगोलका रुपमा पहिचान गरी सार्वजनिक प्रयोजनमा कायम राख्नुपर्छ र प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थित नयाँ बस्ती निर्माण गरी पुनःस्थापना गर्नुपर्छ ।”

बाढीबाट क्षतिग्रस्त क्षेत्रको अवलोकनपछि पूर्वप्रधानमन्त्री नेपाल विदुर नगरपालिकाको कार्यालयमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीचको अन्तरक्रियामा सहभागी हुनुभयो ।सो अवसरमा उहाँले बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापनबारे जानकारी लिनुभएको थियो । उहाँले विपद्पछि खोज, उद्धार तथा प्रभावितको व्यवस्थापनमा स्थानीय तहसहित विभिन्न निकायबाट भएका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा प्रभावितलाई छिटो र सहज रुपमा अस्थायी तथा स्थायी आवासको व्यवस्था गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206