०८ आश्विन २०८३, बिहिबार

वर्षाको जोखिम बढेपछि पाँचथरका विद्यालयहरू बन्द

Logo
Pulse Khabar बिहिबार, आश्विन ०८, २०८३

पाँचथर:लगातार वर्षा हुने पूर्वानुमानसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै पाँचथर जिल्लाका विद्यालय दुई दिन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाँचथरले मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार बनाएर असोज ८ र ९(नौ) गते अर्थात् बिहीबार र शुक्रबार जिल्लाभरका शैक्षिक संस्था बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार मौसम विभागले असोज ८ देखि १२ गतेसम्म वर्षाको उच्च जोखिम रहेको जानकारी गराएपछि विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको हो ।प्रशासनको आग्रहअनुसार फिदिम नगरपालिका र याङवरक गाउँपालिकाले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अन्य स्थानीय तहले समेत सोहीअनुसार विद्यालय बन्द गर्ने तयारी गरेका छन् ।

असोज ८ र ९(नौ) गतेको बिदापछि शनिबार र आइतबार नियमित सार्वजनिक बिदा पर्ने भएकाले पाँचथरका विद्यालय लगातार चार दिन बन्द हुने भएका छन् । यसैबीच, पाँचथरमा बिहीबार साँझदेखि वर्षा भइरहेको छ ।जिल्लाका विभिन्न क्षेत्रमा मध्यम वर्षा भइरहे पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206