०७ आश्विन २०८३, बुधबार

कांग्रेसको १५औँ महाधिवेशन: पूर्वनिर्धारित पालिका अधिवेशन स्थगित

Logo
Pulse Khabar बुधबार, आश्विन ०७, २०८३

काठमाडौं:नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनअन्तर्गत आज (बुधबार) देशभर पालिका तहको अधिवेशन गर्दैछ ।

स्थानीय तहमा पार्टीको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केही छिटपुट स्थानबाहेक देशभरका वडामा नेतृत्व चयनको प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मंगलबार अधिवेशन सम्पन्न भएको समितिले जनाएको छ ।मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा समेत अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट ठूलो क्षति बेहोरेको रसुवामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार बुधबार हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ ।कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ । पालिका अधिवेशनपछि कांग्रेसको स्थानीय तहको संगठन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206