०७ आश्विन २०८३, बुधबार

एसियाली खेलकुदः नेपाली खेलाडीले सात खेलमा प्रतिस्पर्धा गर्दै

Logo
Pulse Khabar बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ:जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपालले आज सात खेलमा प्रतिस्पर्धा गर्दैछ ।

आज नेपालको मुख्य ध्यान महिला कबड्डी टोलीको प्रदर्शनमा केन्द्रित हुनेछ ।नेपालले महिला कबड्डीको समूह ‘बी’को खेलमा आज चिनियाँ खेलाडी ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ । समूह चरणमा चिनियाँ ताइपेई, नेपाल, श्रीलङ्का र थाइल्यान्ड छन् । समूह चरणका खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा कास्यपदक जितेको नेपाली महिला कबड्डी टोलीबाट यसपटक पनि पदकको आशा गरिएको छ ।

नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको छ ।आज चिनियाँ ताइपेईलाई हराउनसके नेपालको सेमिफाइनल यात्रा थप सहज बन्नेछ । महिला कबड्डीसँगै आज नेपालका खेलाडीले पौडी, बक्सिङ, कराते, स्क्वास, टेबलटेनिस र उसुमा प्रतिस्पर्धा गर्ने तालिका छ ।नेपालले जारी एसियाली खेलकुदमा अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन । नेपालबाट प्रतियोगितामा २१ खेलमा १३५ जना खेलाडी सहभागी भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहताले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206