०६ आश्विन २०८३, मंगलबार

लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ : विज्ञापन बोर्डले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकालाई बिल–बीजकसहितका आवश्यक कागजात बुझाउने समय थप गरेको छ ।

बोर्डले आर्थिक वर्ष २०७९(दुई हजार उनासी )/८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकनसहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा समावेश भएका पत्रपत्रिकाका लागि यस्तो समय थप गरेको हो ।बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) का अनुसार यसअघि गत साउन र भदौ महिनामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका तथा संशोधित कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका पत्रपत्रिकालाई बिल–बीजकसहितका कागजात असोज ७ गतेसम्म विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयमा बुझाउन भनिएको थियो ।

तर वर्गीकरणमा परेका केही पत्रपत्रिका अझै सूचीकरण तथा नवीकरण हुन बाँकी रहेको देखिएपछि कागजात बुझाउने समय थप गरिएको बोर्डले जनाएको छ । अब साउन र भदौ महिनामा लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेका सम्बन्धित पत्रपत्रिकाले असोज १५ गतेसम्म बिल–बीजकसहित आवश्यक कागजात बुझाउन सक्नेछन् ।बोर्डले यसबारे सम्बन्धित पत्रपत्रिका तथा हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयलाई समेत परिपत्र गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206