०६ आश्विन २०८३, मंगलबार

२०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ:जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ ।

नेपालले थाइल्यान्डलाई पराजित गरेको हो ।समूह ‘बी’ मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ अङ्कले पराजित गरेको हो । खेलको पहिलो हाफमा नेपालले कमजोर खेल प्रदर्शन गरेको थियो । नेपाल पहिलो हाफमा १५–२४ अङ्कले पछि परेको थियो । नेपालले दोस्रो हाफमा पुनरागमन गरेको थियो । दोस्रो हाफमा नेपालले ३१ अङ्क जोड्न सफल भयो । थाइल्यान्डले भने १९ अङ्क मात्र जोड्न सक्यो । समूह ‘बी’ मा नेपाल र थाइल्यान्डका साथै श्रीलङ्का र चाइनिज ताइपेइ रहेका छन् ।

नेपालले बुधबार समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेइसँग खेल्ने महिला टोलीका प्रशिक्षक पार्वती राईले जानकारी दिइन् ।उनले आजको खेलबाट नेपाली टोली उत्साहित भएको बताइन् ।चार टोली सहभागी समूह ‘बी’बाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, जापान र इरान रहेका छन् । यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला कबड्डीमा कास्य पदक प्राप्त गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206