०६ आश्विन २०८३, मंगलबार

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

सङ्खुवासभा: कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ ।

सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्डको करिव १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलले बताउनुभयो ।

खाँदबारीबाट सभाखोला सम्मको सडकखण्ड कालोपत्रे तथा चौडा गर्न असोज ६ गते देखि असोज ३० गते सम्म यातायात बन्द गरिएको कार्यालयले जनाएको छ । उक्त सडकखण्डमा बिहान ८ः०० बजे देखि १२ः०० बजे सम्म र दिउँसो १ः०० बजे देखि साँझ ६ः०० बजेसम्म कालोपत्रे सडक चौडा गर्न यातायात सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालयका निमित्त प्रमुख मण्डलले बताउनुभयो ।

समयमै काम सम्पन्न गर्नको लागि निर्माण कम्पनीको आग्रहमा यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ । निषेधित समयमा यातायातका साधन वैकल्पिक सडक प्रयोग गर्न सक्ने बताइएको छ । उक्त सडकखण्ड बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206