०६ आश्विन २०८३, मंगलबार

भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

चितवन:जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ‘ट्राफिक लाइट’ जडानको काम सुरुआत गरिएको छ ।

पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु गरिएको हो ।ट्राफिक लाइट जडानका लागि सोमबार पुलचोक र सहिदचोकमा काम सुरु गरिएको निर्माण कम्पनीका सञ्चालक सुमन थापाले जानकारी दिनुभयो । यसअघि विभिन्न छ स्थानमा पोल राख्ने काम सम्पन्न गरेर बत्ती जडानको काम सुरु गरिएको हो ।फराकिलो सडक बनेपछि ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । सङ्घीय सरकारको बजेटमा पुलचोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रीय बसपार्कमा ट्राफिक लाइट राख्न लागिएको हो । सवारी आवागमन बढी हुने ठाउँमा ‘ट्राफिक लाइट’ राखिएको हो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार गत आर्थिक वर्षमा हुनुपर्ने काम निर्माण कम्पनीको ढिला सुस्तीप्का कारण समय लागेको हो । उहाँले भन्नुभयो, “अब बत्ती राख्ने काम सुरु भएको छ । चाँडै सम्पन्न हुन्छ ।” जेनजी प्रदर्शनका कारणसमेत केही समय ढिला भएको उहाँले बताउनुभयो । बीचमा ठेकेदार कम्पनीले बत्ती ल्याउन ढिला गरी म्याद थपका लागि निवेदन दिए पनि विभागले अस्वीकार गरेको थियो ।

अहिले निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाउँदै काम गराइएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिकाका छ चोकमा बत्ती राख्नका लागि विसं २०८२ साल साउन २० मा मूल्य अभिवृद्धि करसहित रु एक करोड २३ लाख १४ हजार २६० ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार विसं २०८२ चैत २० गतेसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्ने हुन्थ्यो ।भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले धेरै पहिले देखिनै महानगरपालिकाले सडक विभागलाई महानगरको सवारी उच्च चाप र जोखिम देखिएका ठाउँहरुमा ट्राफिक लाइट राख्न अनुरोध गर्दै आएको थियो । सोहीअनुसार विभागले काम थालेको भए पनि ढिलाइ भएको उहाँले बताउनुभयो । ‘ट्राफिक लाइट’ जडानसँगै सहज आवागमन र दुर्घटनामा कमी आउने उहाँको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206