काठमाडौँ:जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३-० को सोझो सेटमा पराजित भएको हो ।हङकङले नेपालमाथि पहिलो सेटमा २५-२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५-१९(उन्नाइस) ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८-२६ को जित निकाल्यो ।
अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ ।
