०५ आश्विन २०८३, सोमबार

बेपत्ता चारको कुशको शव बनाएर दाहसंस्कार

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

पाल्पा: भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ ।

तीन सातासम्म उनीहरुको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्पराअनुसार दाहसंस्कार गरेका हुन् ।रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३ र वसन्तपुर (कालीगण्डकी गाउँपालिका–३, वइघा, स्याङ्जा) का तिलबहादुर रानाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । रिब्दीकोट गाउँपालिका–३ का नेपालको आइतबार परिवारले रिडीस्थित कालीगण्डकी नदीमा कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको छ । तीन हप्तासम्म सम्पर्कमा नआएपछि हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको उहाँका आफन्त निलम गौतमले बताउनुभयो । विकास रसुवास्थित एक हाड्रोपावरमा टिपर चालकका रुपमा कार्यरत हुनुहुन्थ्यो । तिनाउका थापाको शनिबार बेपत्ता भएको २४ दिनपछि दोभान खोलाको बञ्चरे पहाड घाटमा हिन्दू परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको जनाएको छ । थापाका एक छोरा छन् । थापा रसुवास्थित लाङटाङ हाइड्रोपावरमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

त्यसैगरी, भोटेकोशी बाढीमै बेपत्ता तानसेन लामडाँडाकी निलम लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँको पनि कालीगण्डकी नदीमा कुशको शव बनाएर दाहसंस्कार गरिएको परिवारले जनाएको छ । तानसेन नगरपालिका–३, बसन्तपुर बस्दै आउनुभएका स्याङ्जाका रानाको पनि कुशको शव बनाई दाहसंस्कार गरिएको छ । उहाँ कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र, स्याङ्जाको बेलाटारीमा कार्यरत हुनुहुन्थ्यो । बाढीका कारण सम्पर्कविहीन भएका पाल्पाका ११ जना मध्ये नेपाल प्रहरीमा कार्यरत तानसेनका दीपेन्द्र विष्टको शव पहिचान भएको छ । सम्पर्कविहीन रैनादेवी छहरा गाउँपालिका –१ का सशस्त्र प्रहरी जवान आनबहादुर कुमाल, रिब्दीकोट–५ का कृष्णबहादुर बस्याल, बगनासकाली गाउँपालिका–५ का किशोर न्यौपाने क्षेत्री, निस्दी–३ का बोमबहादुर सोमै, रामपुरका –७ का रामु सुति र रामपुर–७ कै अमृत सुतीको परिवारले भने अझै आउने आशामा बसेका छन् । सम्पर्कविहीन नागरिकको खोजीका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल निरन्तर गरिरहेको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206