२७ आषाढ २०८२, शुक्रबार

टी–२० विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा, कुवेत र जापानसँग प्रतिस्पर्धा गर्ने

Logo
Pulse Khabar बिहिबार, आषाढ २६, २०८२

काठमाडौँ । नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालको समूहमा कुवेत र जापान परेका छन् ।

सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र कतार छन् भने समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समोआ रहेका छन् ।

छनोट खेल आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुनेछ। प्रतियोगिता सिंगल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । समूहका शीर्ष दुई टोलीले सुपर सिक्स चरणमा स्थान बनाउनेछन्।

सुपर सिक्स चरणबाट उत्कृष्ट तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकप २०२६ का लागि स्थान सुरक्षित गर्नेछन् ।

नेपालले पहिलो चरणमा बलियो प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ। समूहको सबै खेल ओमानमै हुनेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206