०५ आश्विन २०८३, सोमबार

लागुपदार्थसहित दम्पती पक्राउ

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

बाँके: नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्राउ गरेको छ ।

बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–२ बाट लागुऔषध खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले नेपालगञ्ज उपमहानगरपालिका–१३ का ३० वर्षीय देशराज चौहान लोनिया र उनकी श्रीमती २५ वर्षीया पूजा लोनियालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।पक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनीहरुलाई आजै जिल्ला अदालतबाट म्यद थप गरी अनुसन्धान गरिने प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो । प्रहरीले उनीहरूको साथबाट १०७ ग्राम ५५० मिलिग्राम खैरो हेरोइन, भे ६ प ३७४५ नम्बरको मोटरसाइकल र दुई थान मोबाइलसमेत बरामद गरेको जनाएको छ । आइतबार बेलुका सो दम्पतीलाई पक्राउ गरिएको थियो । त्यसैगरी उपमहानगरपालिकाको एकलैनी भन्ने स्थानबाट प्रहरीले ३५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दै उनीहरुलाई पक्राउ गरेको हो । खानतलासीका क्रममा घरमा ३० वर्षीय मोहम्मद हसिब अन्सारी र उनका २३ वर्षीय भाइ समिर अहमद अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथ तथा कोठाको दराजबाट ३५ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले त्यहाँबाट विभिन्न कम्पनीका पाँच थान मोबाइल, एक थान डिजिटल तराजु र रु ७३ हजार ७०० समेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको नायब उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206