०५ आश्विन २०८३, सोमबार

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ बैठकको निर्णय

Logo
Pulse Khabar सोमबार, आश्विन ०५, २०८३

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघको साधारण सभाको बैठकको निर्णय बमोजिम सम्मानित काठमाडौं जिल्ला अदालतमा चलिरहेको वालवालिका विरुद्धको कसुर मुद्दामा इस्कोन नेपाल केन्द्रियकार्य समितिले आवश्यक कारबाहिको कदम चालिसकेको अवस्थामा पनि नेपाल सरकारको प्रचलित कानून विरुद्ध यस संस्थाको राष्ट्रिय परिषद्को सल्लाहकारको भुमिकामा रहेका भारतीय नागरिक रेवती रमण दासले मिति २०८३ भाद्र २९ गते तदनुसार २०२६ सेप्टेम्बर १४ तारिखका दिन इस्कोन नेपाल केन्द्रिय कार्य समितिका पदाधिकारीहरू लगायतका भक्तहरूलाई निलम्बन गरेको भनी आफु भारतीय नागरिक भएतापनि नेपाल सरकारको प्रचलित कानून विरुद्ध गैरकानूनी विज्ञप्ति जारी गरेको तथा इस्कोनका संस्थापकाचार्य ए.सी. भक्तिवेदान्त स्वामी श्रील प्रभुपादको निर्देशन अनुसार बनाइएको इस्कोनको अन्तर्राष्ट्रिय मापदण्ड रहेको इस्कोन संविधानको दफा ९.४.७-८ र १२.३ तथा इस्कोन ल बुकको ५.५.५ र ८. १. २ को समेत विपरित रहि निजले इस्कोनको अन्तर्राष्ट्रिय आध्यात्मिक निकाय ( परिचालक निकाय आयोग ) मा समेत कुनै छलफल नगरी एकल ढङ्गमा पुजनीय गुरु परम पुज्य जयपताका स्वामी महाराजको महिनौंदेखिको खराब स्वस्थका वावजुद उहाँको अनुमति नलिई उहाँको नामसमेत राखी भ्रामक पत्र जारी गरेको अवस्थामा निजले आफू गैर-नेपाली नागरिक भएतापनि नेपाल सरकारको प्रचलित कानून विपरित नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता प्राप्त यस धार्मिक गैरसरकारी संस्थामा गैरकानूनी प्रभाव पार्ने किसिमको अभिव्यक्ति जारी गरी यस संस्थाका पदाधिकारीहरू लगायत अन्य भक्तजनहरूको चरित्रहत्या गर्ने गरी जनमानसलाई भ्रमित पारेकाले निजले जारी गरेको कथित निलम्बन पत्र गैरकानूनी भई मान्य नहुने र निजको कार्यले गर्दा व्यक्तिगत र संस्थागत प्रतिष्ठामा अपूरणीय क्षति पुगेको हुँदा निजलाई २४ घण्टाभित्र चित्तबुझ्दो क्षमायाचना एवं स्पष्टिकरण माग्ने तथा सो चित्तबुझ्दो क्षमायाचना एवं स्पष्टिकरण नबुझाएमा यस संस्थाको राष्ट्रिय परिषद्को सल्लाहकारको पदबाट तथा संस्थासँग सम्वन्धित सम्पूर्ण गतिविधिबाट स्वतः पदमुक्त हुने गरी तुरुन्त राजीनामा माग गर्ने जानकारी सबै सामु सुचित गराइन्छ । निजको गैरकानूनी कार्यको व्यहोरा अवगत गराई समुचित कदम चाल्न इस्कोनको अन्तर्राष्ट्रिय आध्यात्मिक निकाय जि.बि.सी.लाई समेत जानकारी गराइनेछ ।

साथै, हालसालैका दिनमा यस संस्थाका पदाधिकारी तथा भक्तजनहरूमाथि विभिन्न संचार माध्यमबाट यौन दुर्व्यवहार जस्तो आपत्तिजनक आरोप लगाएकोमा सो आरोप कुनै पनि कानूनी अनुसन्धान तथा अदालती प्रक्रियाबाट प्रमाणित नभएको र पूर्णतः निराधार एवं तथ्यहीन आरोप लगाई यस संस्थाका पदाधिकारी तथा भक्तजनहरूको चरित्रहत्या गर्ने किसिमले त्यस्तो भ्रामक समाचार सम्प्रेषण गरेकोमा यस संस्थाद्वारा घोर आपत्ति जनाउँदछौं । साथै, यस भ्रामक समाचारबाट भ्रमित नहुन सुचित गर्दै सम्प्रेषण गरेकोमा आवश्यक कानूनी प्रक्रिया अघि बढाइने पनि सुचित गरिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206