०४ आश्विन २०८३, आइतबार

पुवाखोलामा बेलिब्रिज निर्माण

Logo
Pulse Khabar आइतबार, आश्विन ०४, २०८३

इलाम:इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत पुवाखोलामा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ ।

इलाम नगरपालिका–९ भाङटार र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न भई आजदेखि यातायात सेवा सञ्चालन गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनयर अर्जुनकुमार घिमिरेले जानकारी दिनुभयो । सङ्घीय सरकारको रु दुई करोड २० लाख ३४ हजारको लागतमा जडान गरिएको बेलिब्रिजको आज सडक डिभिजन इलामकी लेखा अधिकृत अनिषा बोखीले उद्घाटन गर्नुभयो । बेलिब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइको रहेको इन्जिनियर घिमिरेले जानकारी दिनुभयो । बेलिब्रिज जडानका लागि अन्य संरचना आर्थिक वर्ष २०८२÷८३ मा नै तयार भइसकेको भए पनि भारतबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिजको सामग्री ढुवानी ढिला भएकाले जडान गर्न ढिलो भएको हो । प्राविधिक टोली भारतबाट नै आएर बेलीब्रिज जडानको काम गरेको थियो ।बेलिब्रिज जडानपछि यहाँका बासिन्दा खुसी भएका छन् । बेलिब्रिज जडान भएपछि सो सडक मेची राजमार्गको वैकल्पिक सडक बनेको इलाम नगरपालिका–११ का तिलक श्रेष्ठले बताउनुभयो ।

सो स्थानमा आव २०८१÷८२ मा सङ्घीय सरकारको रु एक करोड ४३ लाख ७६ हजार लागतमा जडान गरिएको बेलिब्रिज गत असोज १८ गतेको बाढीले बगाएको थियो । बेलिब्रिज बगाएपछि घाम लागेको समयमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सेवा सञ्चालन गरिदैँ आएको थियो । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडक अन्तर्गत पुवाखोलामा बेलिब्रिज निर्माण भएपछि मेची राजमार्गको विकल्प खुलेको छ । मेची राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको सो सडक इलामदेखि बिर्तामोडसम्म ५० किलोमिटर दुरी पर्दछ । इलाम खण्डको माई नगरपालिका क्षेत्रमा १५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटर ठेक्का लागेर निर्माण भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206