०४ आश्विन २०८३, आइतबार

तिब्बत पहिरो अपडेट: मृतकको संख्या ४३ पुग्यो, ५ सय बढी अझै बेपत्ता

Logo
Pulse Khabar आइतबार, आश्विन ०४, २०८३

एजेन्सी:चीनको दक्षिण–पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको गिरोङ काउन्टीमा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

पहिरोमा अझै ५१९(पाँच सय उन्नाइस) जना बेपत्ता रहेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।गत अगस्ट २६ मा गएको पहिरोपछि प्रभावित क्षेत्रमा व्यापक रूपमा खोजी तथा उद्धार अभियान सञ्चालन भइरहेको छ । उद्धार टोलीले हालसम्म दुई जनालाई जीवितै निकाल्न सफल भएको बताइएको छ ।पहिरोबाट २३ देशका २६१ जना विदेशी नागरिकसमेत प्रभावित भएका छन् । उनीहरूको अवस्थाबारे भने अझै यकिन जानकारी प्राप्त हुन सकेको छैन ।घटनापछि चीनले खोजी, उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ ।

उद्धार अभियानका लागि सुरुङभित्र खोज तथा उद्धारमा दक्ष विशेषज्ञ, डीएनए परीक्षण विज्ञ तथा आवश्यक आपत्कालीन उपकरणहरू नेपालतर्फ परिचालन गरिएको जनाइएको छ ।प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन चीनले ३२० टन बराबरका ‘बेली ब्रिज’का पाटपुर्जा तथा अन्य आवश्यक राहत सामग्रीसमेत उपलब्ध गराएको छ । उद्धार टोलीले बेपत्ताहरूको खोजीलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206