०४ आश्विन २०८३, आइतबार

मोरङबाट युवतीसहित तीन जना पक्राउ

Logo
Pulse Khabar आइतबार, आश्विन ०४, २०८३

विराटनगर:मोरङबाट एक युवतीसहित तीन जना पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको छ ।

सुनवर्षी नगरपालिका–८ सिक्टीस्थित भित्री सडकखण्डबाट प्रहरीले ५ ग्राम ७० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कानेपोखरी गाउँपालिका–६ का २४ वर्षीय विक्रम गुरुङ र २१ वर्षीया केविना गुरुङ रहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।उनका अनुसार सिक्टीबाट विश्वकर्माचोकतर्फ जाँदै गरेको को २५ प ८८७९ नम्बरको मोटरसाइकललाई शनिबार राति करिब ११ः३० बजेतिर प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले शंका लागेर रोकी चेकजाँच गरेको थियो । त्यस क्रममा मोटरसाइकल चालक विक्रम र पछाडि सवार केविनाको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, पथरीशनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पथरीशनिश्चरे–३ जंगाटोलका २३ वर्षीय करण राई रहेका छन् ।लागुऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ६ः३० बजे राईलाई चेकजाँच गरेको थियो । त्यस क्रममा उनले दाहिने साइडको गोजीमा लुकाएर राखेको १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206