०३ आश्विन २०८३, शनिबार

जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

Logo
Pulse Khabar शनिबार, आश्विन ०३, २०८३

काठमाडौँ:नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले जेसिके फाइट नाइट–१२३ मा जित हात पारेका छन् ।

चीनको शान्सी प्रान्तको लुलियाङमा आज भएको बान्टमवेट प्रतिस्पर्धामा आङदेम्बेले घरेलु खेलाडी बुहुओगुबुलाई पराजित गरेका हुन् । तीन राउन्डको खेलमा आङदेम्बेले तीनवटै राउन्ड आफ्नो पक्षमा पार्दै सर्वसम्मत निर्णयमा जित निकाले । खेलको सुरुआतदेखि नै उनले बुहुओगुबु माथि दबाब कायम राखेका थिए ।

यो जितसँगै आङदेम्बेको व्यावसायिक एमएमए करियरमा जित सङ्ख्या नौ पुगेको छ । उनले हालसम्म तीन खेलमा मात्र हार व्यहोरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206