०३ आश्विन २०८३, शनिबार

सुनसरीको देवानगन्जमा फेरि चल्यो गोली, एक जना गम्भीर घाइते

Logo
Pulse Khabar शनिबार, आश्विन ०३, २०८३

विराटनगर:शनिबार साँझ सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा भएको गोली प्रहारबाट एक युवक घाइते भएका छन् ।

वडा नम्बर १ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि भएको गोली प्रहारबाट सोही ठाउँका १९(उन्नाइस) वर्षीय निरज यादव घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

उनले त्यहाँ प्रहरी परिचालन गरी सकेको र आफू म त्यहीँ पुग्न लागेको जानकारी दिए ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । तर पक्राउ परेकाको पहिचानसहितका विवरण प्रहरीले सार्वजनिक गरेको छैन । घटनामा संलग्न अन्य छ जना भने फरार रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206