०२ आश्विन २०८३, शुक्रबार

पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०२, २०८३

उत्तरपश्चिमी पाकिस्तानको प्रहरी कार्यालयनजिकै रहेको मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् ।

प्रहरी तथा उद्धार अधिकारीका अनुसार सुरक्षा बलले लडाकुविरुद्ध कारबाही गरिरहेका बेला उक्त विस्फोट भएको हो ।खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा भएको घटनामा विस्फोटक पदार्थले भरिएको एउटा गाडी मस्जिदमा ठोक्काइएको प्रान्तीय प्रहरी प्रमुख जुल्फिकार हमिदले बताउनुभएको छ ।वरिष्ठ उद्धार अधिकारी बिलाल फैजीका अनुसार मृतकमध्ये पाँच प्रहरी र १० सर्वसाधारण छन् । घाइतेमध्ये अधिकांश नमाज पढ्न मस्जिद पुगेका व्यक्ति रहेको र केहीको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।प्रहरीका अनुसार कम्तीमा दुई बन्दुकधारीले प्रहरी परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूको प्रहरीसँग गोली हानाहान भएको बताइएको छ ।विस्फोटबाट प्रहरी कार्यालयको बाहिरी पर्खाल तथा मस्जिदमा ठूलो क्षति पुगेको छ । स्थानीय बासिन्दाका अनुसार विस्फोटको आवाज टाढासम्म सुनिएको थियो र त्यसलगत्तै गोली चलेको थियो ।प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति सहानुभूति व्यक्त गर्नुभएको छ । उहाँले उद्धार कार्य तीव्र पार्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ ।

आक्रमणको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन । यद्यपि, घटनामा ’तेहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) अर्थात् पाकिस्तानी तालिबानको सङ्लग्नताको आशंका गरिएको छ ।उत्तरपश्चिमी हाङ्गु जिल्लामा सुरक्षा बलको गाडीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट गराउँदा छ सैनिकको मृत्यु भएको भोलिपल्ट शुक्रबारको घटना भएको हो । सेना र प्रहरीका अनुसार बिहीबार विभिन्न क्षेत्रमा गरिएको कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य मानिएका १० लडाकु मारिएका थिए ।पछिल्ला वर्षमा टीटीपीले पाकिस्तानमा प्रहरी तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । सन् २०२३ मा पेशावरस्थित एउटा मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा १०१ जनाको मृत्यु भएको थियो । टीटीपी अफगानिस्तानको तालिबानभन्दा फरक समूह भए पनि उनीहरूबीच गठबन्धन रहेको बताइन्छ । अफगानिस्तानमा तालिबान सन् २०२१ मा सत्तामा फर्किएपछि पाकिस्तानले काबुलमाथि टीटीपीलाई आश्रय दिएको र सीमापारिबाट हुने आक्रमण रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले भने पाकिस्तानका आरोप अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206