०२ आश्विन २०८३, शुक्रबार

बाढी प्रभावित क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा सुचारू

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं:सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टबाटै पुन: विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो ।मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रमा विद्युत सेवा पुन: सुचारू भइसकेको छ । नुवाकोटमा भदौ २४ गते नै सम्पूर्ण क्षेत्रमा विद्युत पुगेको थियो । धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली पुन सूचारु गरिएको थियो ।

बाढीबाट सबैभन्दा प्रभावित रसुवाको ९० प्रतिशत ठाउँमा बिजुली पुर्याइएको छ । उत्तरगया गाउँपालिकाको वडा नं. १, गोसाईकुण्ड गाउँपालिकाको वडा नं. १, २, ३ बाहेक जिल्लाको बाँकी सबै क्षेत्रमा विद्युत सेवा सुचारू गरिएको प्रवक्ता शाक्यले बताए । उनकाअनुसार राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा बैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत सेवा क्रमशः सुचारू भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206