०२ आश्विन २०८३, शुक्रबार

कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना; सतर्क रहन आग्रह

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं:देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले आज (शुक्रबार) देशका अधिकांश भू–भागमा बदलीसहित वर्षाको सम्भावना देखिएको हो ।हाल बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकीका धेरैजसो पहाडी क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

रातको समयमा कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भू–भागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।राति कोशी र गण्डकीका पहाडी भू–भागका केही स्थानमा तथा बागमतीका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।यस्तै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206