०२ आश्विन २०८३, शुक्रबार

प्रमुख नदीहरूमा जलसतह बढ्दो: तटीय क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं:बाढी पूर्वानुमान महाशाखाले प्रमुख नदीहरूमा बहाव बढ्ने क्रम जारी रहने जनाएको छ। शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव अहिले सतर्कता तहभन्दा तल छ।

महाशाखाका अनुसार आगामी तीन दिनको जलसतह तथा बाढीको अवस्था विश्लेषण गर्दा आज अरुण (सिम्ले), त्रिशूली (बेत्रावती), बूढीगण्डकी (आरूघाट), मर्स्याङ्दी (विमलनगर), सेती (दमौली), कालीगण्डकी (कुमालगाउँ), कन्काई (मैनाचुली) र कमला (वेलसोत) नदीमा जलसतह उल्लेखनीय रूपमा बढ्ने अनुमान छ।यस्तै सप्तकोशी, तमोर, दूधकोशी, तामाकोशी, सुनकोशी, कर्णाली, भेरी, पश्चिम सेती, महाकाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा आज बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार भोलि नारायणी (देवघाट) र बागमती (पधेरादोभान) मा बहाव सामान्य बढ्नेछ भने अन्य अधिकांश प्रमुख नदीमा जलसतह उल्लेखनीय रूपमा बढ्नेछ। कर्णाली नदीका विभिन्न स्थानमा पनि बहाव सामान्य बढ्ने अनुमान छ।पर्सी कोशी, नारायणी, कर्णाली, महाकाली र बागमतीका प्रमुख सहायक नदीमा बहाव उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, उदयपुर, सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँ, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, बाँके, हुम्ला, बझाङ र दार्चुला आसपासका स-साना नदीमा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ।यी क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। भोलि सुदूरपश्चिम, लुम्बिनी, मधेस र कोशी प्रदेशका केही स-साना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्नेछ। पर्सी भने सातै प्रदेशका केही स-साना नदीमा बहाव आकस्मिक बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206