०१ आश्विन २०८३, बिहिबार

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

Logo
Pulse Khabar बिहिबार, आश्विन ०१, २०८३

खोटाङ: जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ ।

गत साउन–२१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा लोड गरी राखिएको अवस्थामा बरामद गरिएको करिब रु दुई करोड मूल्य बराबरको उक्त गाँजा प्रहरीले आज नष्ट गरेको हो । जङ्गलमा रोकेर राखेको ट्रक शंकास्पद लागेपछि चेक जाँच गर्ने क्रममा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको थियो ।जिल्ला प्रहरी कार्यलय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार, प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकमा चालक बस्ने भाग र पछाडि डालाको बीच भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा उक्त परिमाणमा गाँजा भेटिएको थियो ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको वालिङमा रोकेर राखिएको ट्रकमा उक्त गाँजा भेटिए पनि चालकको भने पहिचान खुल्न सकेको छैन ।चालक फरार रहेकाले गाँजा धनी पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख प्रकाश बुधाथोकीले जानकारी दिनुभएको छ । उक्त ट्रकका धनीलाई भने प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।गाँजा कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत खोटाङ परिसरमा लगेर नष्ट गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206