३१ भाद्र २०८३, बुधबार

कोशीका सबै प्रमुख नदीमा तीन दिन जलसतह बढ्ने पूर्वानुमान, सतर्क रहन आग्रह

Logo
Pulse Khabar बुधबार, भाद्र ३१, २०८३

काठमाडौं:कोशी जलाधारका प्रमुख नदी तथा सहायक नदीमा आगामी तीन दिन जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको बुलेटिनअनुसार आजदेखि असोज २ गतेसम्म सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी र सुनकोशीलगायत नदीमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ।महाशाखाका अनुसार बिहानसम्म कोशीसहित नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदी तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। तर, आगामी तीन दिन कोशी जलाधारअन्तर्गत सप्तकोशी (चतरा), तमोर (त्रिवेणी), अरुण (सिम्ले), दुधकोशी (रभुवाबजार), तामाकोशी (बुस्ती) र सुनकोशी (हम्पुचुवार) मा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ।त्यस्तै, नारायणी (देवघाट), त्रिशूली (बेत्रावती), बुढीगण्डकी (आरुघाट), मर्स्याङ्दी (विमलनगर), सेती (दमौली) र कालीगण्डकी (कुमालगाउँ) मा पनि आगामी तीन दिन जलसतह उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ। महाकाली नदीको पारिगाउँमा पनि तीनै दिन जलसतह उल्लेख्य बढ्ने सम्भावना छ।कर्णाली जलाधारका कर्णाली (चिसापानी), कर्णाली (असाराघाट), भेरी (समजिघाट) र पश्चिम सेती (दिपायल) मा भने तीन दिन जलसतह सामान्य रूपमा बढ्ने अनुमान गरिएको छ। कन्काई (मैनाचुली), कमला (बेलसोत), पश्चिम राप्ती (कुसुम) र बबई (चेपाङ) मा पनि जलसतह सामान्य बढ्ने पूर्वानुमान छ।

बागमतीको पधेरादोभान र पूर्वी राप्तीको रजैयामा आज जलसतह उल्लेख्य बढ्ने भए पनि भोलि र पर्सि सामान्य मात्र बढ्ने महाशाखाले जनाएको छ। आज ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा तथा आसपासका जिल्लाका ससाना नदीमा बहाव उल्लेख्य बढ्न सक्नेछ। ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।भोलि सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका केही ससाना नदीमा तथा असोज २ गते कोशी र मधेश प्रदेशका केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले नदी तथा खोलानालाको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र बाढीको जोखिम रहेका क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206