३० भाद्र २०८३, मंगलबार

भक्तपुरका सुरक्षा प्रमुखलाई उद्धार सामग्री हस्तान्तरण

Logo
Pulse Khabar मंगलबार, भाद्र ३०, २०८३

ख्वप (भक्तपुर): जिल्ला प्रशासन कार्यालय भक्तपुरले विपद्का सामग्री हस्तान्तरण गरेको छ । उद्धार तथा खोजलाई प्रभावकारी बनाउन जिल्लाका सुरक्षा निकायलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जिल्ला प्रशाशन कार्यालयमा आज सेफ्टी बेल्ट, फायर बल, इलेक्ट्रिक कटर, आल्मुनियम भ¥याङ, पेट्रोल कटर, मेघाफोन, फोल्डिङ स्ट्रेचर, बन्चरो र सर्च लाइटलगायत सामग्री जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई उपलव्ध गराउनुभएको हो । प्रमुख जिल्ला अधिकारी खड्काले गृह मन्त्रालयबाट प्राप्त नौ लाख रुपैयाँबाट उक्त सामग्री खरीद गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी खड्काले विपद् कुनै पनि समयमा आउनसक्ने भएकाले सुरक्षा निकायलाई आवश्यक उपकरणसहित तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिनुभयो ।

उपलब्ध उद्धार सामग्रीको उचित संरक्षण र प्रभावकारी प्रयोग गर्दै विपद्का बेला छिटो तथा सुरक्षित रूपमा उद्धार कार्य सञ्चालन गर्न उहाँले सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभयो ।भक्तपुरमा बाढी, डुबान, पहिरो तथा संरचना भत्किनेलगायत विपद्को जोखिम रहने भएकाले उद्धार सामग्रीको उपलब्धताले सम्भावित विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तह तथा सुरक्षा निकायसँगको समन्वयमा विपद् पूर्वतयारी, खोज तथा उद्धार र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206