३० भाद्र २०८३, मंगलबार

तीज कार्यक्रमको बजेट बाढी पीडितलाई सहयोग

Logo
Pulse Khabar मंगलबार, भाद्र ३०, २०८३

म्याग्दी:म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तीज विशेष कार्यक्रमका लागि बिनियोजन भएको बजेट बाढी पीडितलाई सहयोग गरिएको छ ।

वडा कार्यालयको प्रस्तावमा धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि बिनियोजन गरेको रु एक लाख बजेट तीज विशेष कार्यक्रम नगरी रसुवा बाढीका पीडितका लागि सहयोग गर्ने निर्णय भएको हो । वडा अध्यक्ष अशोक खत्रीले आमा समूह र स्थानीय सङ्घसंस्थामार्फत हरेक वर्षको तीज पर्वका दिन आयोजना हुने कार्यक्रमका लागि बिनियोजन भएको बजेट शिर्षकान्तर गरी बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न गाउँपालिकामा सिफारिस गरिएको जानकारी दिनुभयो ।

“आमा समूहका प्रतिनिधि र जनप्रतिनिधिले देशमा बाढीका कारण शोकमा डुबेको अवस्थामा कार्यक्रम नगरी पीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सहयोग गर्ने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो । यसअघि धवलागिरी गाउँपालिकाले विपद् ब्यवस्थापन कोषमार्फत भदौ १० गतेको रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा रु दुई लाख पठाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206