२८ भाद्र २०८३, आइतबार

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

Logo
Pulse Khabar आइतबार, भाद्र २८, २०८३

चितवन:पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ । सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो ।

यही भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको फेदमा कटान गरेर भासिएपछि सँगैको पहाड खोलेर ट्र्याक निर्माण भइरहेको छ । दुवैपट्टीबाट तीव्र गतिमा काम भइरहेको छ । नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ग्राभेल बिछ्याउने काम भइरहेको छ ।

केही दिनभित्रै काम सम्पन्न गर्नेगरी ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको इन्जिनियर ढकालले जानकारी दिनुभयो । यो राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग हो । यो सडक हुँदै दैनिक १४ हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् । अहिले सडक रोकिँदा मुख्य रुपमा ग्याससहित खाद्यान्नको अभाव राजधानीले बेहोर्नु परेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206