२७ भाद्र २०८३, शनिबार

इलाममा गुडिरहेको अटो दुर्घटनापछि आगलागी: बालिकाको मृत्यु, ५ घाइते

Logo
Pulse Khabar शनिबार, भाद्र २७, २०८३

विराटनगर:इलाममा अटो टेम्पो दुर्घटनामा परेको छ ।

दुर्घटनापछि आगलागी हुँदा जलेर अटो पूर्णरूपले ध्वस्त भएको छ । दुर्घटनामा बालिकाको मृत्यु भएको छ भने चालकसहित ५ जना घाइते भएका छन् ।इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी–कमेरे सडक खण्डमा शुक्रबार साँझ ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबारेबाट हाङ्मासुलीतर्फ जाँदै गरेको मधेश प्र–०३–००३ह ६९६७ नम्बर अटो अचानक अनियन्त्रित भएर सडकबाट करिब २ मिटर तल खसेको थियो ।दुर्घटनामा परेलगत्तै पेट्रोल लिकेज हुँदा अटोमा आगलागी भएको प्रहरीको भनाइ छ । दुर्घटनामा परेर इलाम नगरपालिका–७ तिल्केनी घर भएकी बालिका अन्दाजी ८ वर्षीया खुसी भनिने सुस्मिता श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी सुस्मिताको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा राति ८ः१५ बजेतिर मृत्यु भएको हो । दुर्घटनामा परेर सुस्मिताकी आमा इलाम–७ तिल्केनी घर र फाकफोकथुम–६ हाङ्मासुली माइती भएकी अन्दाजी २७ वर्षीया कविता श्रेष्ठ पनि गम्भीर घाइते भएकी छन् ।

शरीरको विभिन्न भाग जलेकी उनको बी एन्ड सीमै उपचार भइरहेको छ ।त्यस्तै, अटो चालक फाकफोकथुम–६ पोखरी बजारका अन्दाजी ३५ वर्षीय लोकबहादुर श्रेष्ठ पनि गम्भीर घाइते भएका छन् । आगोले उनको पनि शरीरका विभिन्न भाग जलेको छ । बी एन्ड सी अस्पतालमै उपचार भइरहेको छ ।प्रहरीका अनुसार दुर्घटनामा परेर आटोमा सवार इलामको देउमाई नगरपालिका–४ मगलबारे घर र फाकफोकथुम–६ माइती भएकी अन्दाजी २२ वर्षीया दुर्गादेवी श्रेष्ठ, झापाको कनकाई नगरपालिकास्थित माईधार माइती र फाकफोकथुम– हाङ्मासुली माइती भएकी अन्दाजी ४० वर्षीया रमाकुमारी श्रेष्ठ तथा फाकफोकथुम–६ हाङ्मासुली की २७ वर्षीया मन्दिरा थापा घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।आगोले जलेर अटो पूर्णरूपले क्षतिग्रस्त भएको छ । कच्ची सडकमा चालकले ध्यान नदिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206