०१ कार्तिक २०८३, शनिबार

तरकारीको विषादी परीक्षण बढाइँदै

Logo
Pulse Khabar बिहिबार, भाद्र २५, २०८३

चितवन: किसानले बजारमा ल्याउने तरकारीमा विषादी बढी हुन थालेपछि परीक्षण बढाइएको छ । यससँगै किसानले विषादी प्रयोग गरेलगत्तै बजारमा बिक्री गर्नेक्रम घटाएको पाइएको हो ।

यहाँ रहेको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा वार्षिक रुपमा तरकारी परीक्षण दर बढ्दै गएको छ । तरकारीमा विषादीको प्रयोग बढ्न थालेसँगै परीक्षणलाई तीव्र पारिएको हो ।भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रहेको महानगर तरकारी तथा फलफूल थोकबजार परिसरमा रहेको सो प्रयोगशालामा गत आर्थिक वर्षमा मात्र एक हजार १७२ वटा नुमनाको परीक्षण गरिएको थियो । सो परिसरमा आएका चितवनसहित जुनसुकै जिल्लाका तरकारीको नमुना लिइ विषादी परीक्षण गर्ने गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा गरिएको परीक्षणका क्रममा ३५ प्रतिशतभन्दा कम विषादी भएका (उपभोग्य) एक हजार १५८ नमुना छन् । यस्तै, १० वटा नमुना ३५ देखि ४५ प्रतिशत विषादी प्रयोग भएको पाइएको छ । यस्ता नमुनालाई उपभोग गर्न केही दिन पर्खनुपर्ने हुन्छ । चार वटा नमुना ४५ प्रतिशतभन्दा बढी विषादी देखिएपछि बिर्सजन गरिएको उहाँले जानकारी दिनुभयो । पैँतालिस प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारी बिक्रीवितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर पर्ने हुँदा ती नमुनासहित सो नमुना सङ्कलन गरिएका ठाउँको तरकारी बिर्सजन गरिएको हो ।

आव २०८१/८२ मा प्रयोगशालाले ९०७ तरकारीका नमुनाको परीक्षण गरिएको थियो । त्यसमा बिर्सजन गर्नुपर्ने पाँच वटा, केही दिनपछि उपभोग गर्न सकिने आठ वटा र उपभोग गर्न सकिने ८९४ वटा नमुना रहेका थिए । यस्तै, आव २०८०/८१ मा ५९० नमुनाको परीक्षण गरिएको थियो । चार वटा नमुना बिर्सजन गर्नुपर्ने, नौ वटा केही दिन राखेर मात्र प्रयोग गर्नुपर्ने र ५७७ वटा नमुना उपभोग्य भेटिएको थियो । यस प्रयोगशालामा गोलभेडा, तनेबोडी, सिमी, भान्टा, भेडेखुर्सानी, काउली, बन्दा, करेला, काँक्रो, साग, घ्युसिमीलगायत तरकारीको तथा फलपूmलमा बढीमात्रामा विषादी परीक्षण गर्ने गरिन्छ । कँडेलका अनुसार परीक्षण हुने भएपछि किसानले विषादी प्रयोग गरेलगत्तै बिक्री गर्न ल्याउनेक्रम घटेको छ । किसानलाई विषादी प्रयोग गरेसँगै मानव स्वास्थ्यमा असर पर्नेगरी बजारमा नल्याउन सचेतना जगाइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206