काठमाडौं:नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ ।मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९(उनसट्ठी) हजार २ सय ६० रुपैयाँ तोकिएको छ ।त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ७३ रुपैयाँ तोकिएको छ ।
