२३ भाद्र २०८३, मंगलबार

सुनको भाउमा भारी वृद्धि : आज प्रतितोला ३ हजार ५०० रुपैयाँले बढ्यो

Logo
Pulse Khabar मंगलबार, भाद्र २३, २०८३

काठमाण्डौ:लगातार दुई दिन घटेको सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेको हो । आज भाउ बढेर सुन तोलाको ३ लाख ५ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि हिजो सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९००(नौ सय) रुपैयाँमा कारोबार भएको थियो । यस्तै कारोबार हुने हप्ताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १०० रुपैयाँले बढेर तोलाको ४ हजार ७९०( सात सय नब्बे रुपैयाँमा कारोबार भैरहेको छ ।यसअघि हिजो चाँदी तोलामा ७५ रुपैयाँले घटेर तोलाको ४ हजार ६९०( छ सय नब्बे) रुपैयाँमा करोबार भएको थियो । आइतबार चाँदी तोलामा ४० रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206