२३ भाद्र २०८३, मंगलबार

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ

Logo
Pulse Khabar मंगलबार, भाद्र २३, २०८३

हेटौँडा:मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको सवारी साधनबाट १६२ किलो ७९४(सात सय चौरानब्बे)ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

खरङ्गातर्फ आउँदै गरेको बा प्र ०१–०२५ च ०८७७ नम्बरको सवारी साधन (कार) लाई ग२च ६१५ नम्बरको अर्काे सवारी साधन (पिकअप) गाडीले ‘स्कटिङ’ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । कारको सिटमुनि लुकाएर ल्याएको अवस्थाको १३ पोका गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । स्कटिङ गर्दै आएको पिकअप गाडी भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षका देवनारायण महतो र पिकअप चालक चितवनको भरतपुर महानगरपालिका २४ बस्ने ४८ वर्षका टेकबहादुर दोङ रहेका छन् । “विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले १६२ किलो गाँजासहित दुई वटा गाडी र चालकलाई नियन्त्रणमा लिएको हो”, प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो । गाँजासहित पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206