०१ माघ २०८२, बिहिबार

मुस्लिम समुदायको महत्वपूर्ण पर्व ‘ताजिया’ (दाहा)लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने

Logo
Pulse Khabar बिहिबार, आषाढ १९, २०८२

रुपेश वर्मा,वीरगंज ।

हनुमान जयन्तीको अवसरमा वीरगंजको छपकैयामा देखिएको तनावपूर्ण अवस्थाको पुनरावृत्ति रोक्न स्थानीय सरकार र सुरक्षा निकायहरू यसपटक गम्भीर र सतर्क देखिएका छन्। धार्मिक सद्भावमा असर पार्ने गतिविधिबाट शिक्षा लिँदै, मुस्लिम समुदायको महत्वपूर्ण पर्व ‘ताजिया’ (दाहा)लाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले छलफल अघि बढाइएको छ।

आउँदो असार २२ गते, आइतबार पर्ने यस पर्वलाई व्यवस्थित र सुरक्षित तरिकाले सम्पन्न गर्न वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सुरक्षा निकाय र मुस्लिम समुदायका अगुवाहरूको संयुक्त बैठक बिहीबार सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा नगर प्रमुख सिंहको कार्यकक्षमा बसेको बैठकले ६ बुँदे निर्णय गरेको हो।

निर्णयहरू निम्नानुसार छन्:

: वीरगंजका विभिन्न वडाबाट निकालिने ताजियालाई घण्टाघरमा जम्मा हुन दिने।
: प्रत्येक वडाबाट निकालिने ताजियाको लागि संयोजन टोली गठन गरी असार २० भित्र जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिने।
: ताजिया निकाल्दा हातहतियार र डिजेको प्रयोग पूर्ण रूपमा निषेध गर्ने।
: बालबालिकालाई ताजियामा सहभागी नगराउने।
: जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगराउने।
: नगर प्रमुख राजेशमान सिंहको संयोजकत्वमा एक मुस्लिम समुदायका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित अनुगमन समिति       गठन गर्ने।

: कार्यक्रमको सम्पूर्ण सुरक्षा स्थानीय प्रहरी प्रशासनले गर्ने।
: बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रा, सशस्त्र प्रहरी बल १३ गण वीरगंजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभाग पर्साका प्रमुख सन्तोष ढुंगेलसहित मुस्लिम समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206