२२ भाद्र २०८३, सोमबार

भोजपुरका खसीबोकाको बजार विस्तार: देशका प्रमुख सहरमा पुग्न थाले गाउँका खसीबोका

Logo
Pulse Khabar सोमबार, भाद्र २२, २०८३

भोजपुर:ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै भोजपुरका दुर्गम गाउँमा पालिएका खसीबोका काठमाडौंसहित, विराटनगर, इटहरी, धरान, दमकलगायत ठूला सहरका बजारसम्म पुग्न थालेका छन् ।

बजारको पहुँच बढेपछि किसानले घरआँगनबाटै खसीबोका बिक्री गर्न र उचित मूल्य पाउन थालेका छन् ।विगतमा दसैं–तिहारजस्ता ठूला चाडपर्वमा मात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गरेका थिए। किसानले बिक्रीका लागि हाटबजारसम्म खसीबोका डोर्‍याएर लैजानुपर्ने र अपेक्षित मूल्य नपाउने समस्या थियो। अहिले भने गाउँका खसीबोका काठमाडौं, धरान, इटहरी र विराटनगरसम्म पुग्न थालेका छन् ।हाल गाउँमै जिउँदो खसीबोका प्रतिकिलो ५०० देखि ६०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । मूल्य र बजारको पहुँच सहज भएपछि जिल्लामा बाख्रापालनप्रति किसानको आकर्षणसमेत बढेको छ ।स्थानीय व्यापारी गणेश विष्टका अनुसार भोजपुरबाट अहिले मासिक करिब २०० खसीबोका काठमाडौं पठाउने गरिएको छ । गाउँबाट संकलन गरिएका खसीबोका काठमाडौं ढुवानी गर्दा प्रतिगोटा ८०० देखि एक हजार ५०० रुपैयाँसम्म भाडा लाग्ने गरेको उनले बताए ।

टेम्केमैयुङ गाउँपालिका–५, मझौलेका किसान हर्कराज लुइँटेलले घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किसानलाई सहज भएको बताए । घरमै तराजुमा जोखेर बिक्री हुने भएकाले ठगिने सम्भावना कम हुनुका साथै आवश्यक परेको बेला तत्काल बिक्री गरेर खर्च टार्न सहज भएको उनको भनाइ छ ।‘अहिले व्यापारी आफैं खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ,’ लुइँटेलले भने । अर्का किसान रमेश विष्टले पनि घरबाटै खसीबोका बिक्री गर्न सकिने भएपछि बाख्रापालनबाट राम्रो आम्दानी गर्ने अवसर बढेको बताए ।सडक सुविधाका कारण बजारसम्मको पहुँच विस्तार भएपछि भोजपुरका दुर्गम गाउँमा बाख्रापालन किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै गएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206