काठमाडौं:नेपाली बजारमा सुनको मूल्य आज (सोमबार) पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख १ हजार ९(नौ) सय रुपैयाँ कायम भएको छ ।आइतबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ ।त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ घटेर ४ हजार ६ सय ९०(नब्बे) रुपैयाँ कायम भएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार २१ रुपैयाँ तोकिएको छ ।
