१९ भाद्र २०८३, शुक्रबार

बाबु सम्पर्कविहीनः चार सन्तान विचल्ली

Logo
Pulse Khabar शुक्रबार, भाद्र १९, २०८३

सप्तरी: सप्तरीका बेचन सदा भोटेकोशी बाढीका कारण परिवारको सम्पर्कमा नआएपछि उहाँका चार सन्तान विचल्लीमा परेका छन् ।

आमा हुलियादेवी सदाको क्यान्सरको कारण मृत्युु भएको र १० दिनदेखि बुबा पनि सम्पर्कविहीन भएपछि हामी दुई दाजुभाइ र दुई दिदीबहिनी विचल्लीमा परेको उहाँको कान्छी छोरी नौ वर्षीया विभा सदाले बताउनुभयो ।उहाँले भन्नुभयो, “दुई महिनाअघि बुबा त्रिशूली जलविद्युत् पावर हाउसमा कामदारका रूपमा काम गर्दै आउनुभएको थियोे । आमा बिरामी हुँदा उपचार गर्ने क्रममा ऋण लागेपछि रोजगारीका लागि त्यहाँ जानुभएको थियोे । “हामी कसको साहारामा बस्ने ?” विभा सदाले भन्नुभयो । अठार र २० वर्षका दुई दिदीहरूको विवाह भइसकेको छ । तेह्र वर्षीय छोरा सुभाष सदा आफन्त सहयोगमा बाबुको खोजीमा रसुवा जानुभएको छ । त्रिशूली थ्रिवि पावर हाउसमा कामदारका रूपमा कार्यरत बेचन सदासँगै सोही ठाउँका सुुरेन्द्र सदा र शिवकुमार सदा रसुवाको भोटेकोशीमा आएको बाढीपछि १० दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ ।

शिवकुमार सदाको चार जना छोराछोरी छन् । उहाँको बुबाआमा बूढाबूढी हुनुहुन्छ । पत्नी पनि बिरामी भएकाले घरको एक्लो साहार सम्पर्कविहीन हुनुभयो । सात जना परिवारको आहारासमेत खोसिएको उहाँकी पत्नी गुडिया सदाले बताउनुभयो । सुरेन्द्र सदाको पनि तीन छोराछोरी छन् । कमाउने साहारा सम्पर्कविहीन भएपछि घरमा चुहो बल्न छोडेको छ । पत्नी द्रोपतीदेवी सदाले बताउनुभयो । सोही ठाउँका सोही पावर हाउसमा कार्यरत अरूण सदा बाढी आउनुभन्दा एक हप्ता अगाडि घर आउनुभएको थियोे । पुनः त्यहीँ जाने तर्खरमा हुनुहुन्थ्यो । अचानक बाढी आएको सुनेपछि जान रोकिनुभएको थियो । यस सदा (मुसहर) बस्तीका तीन जना युवा सम्पर्कविहीन भएसँगै उक्त टोल शोकमा डुबेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206