१५ भाद्र २०८३, सोमबार

रोजगारीको अवसर

Logo
Pulse Khabar सोमबार, भाद्र १५, २०८३

भारतको अग्रणी लजिस्टिक्स कम्पनी सिद्धार्था लजिस्टिक्सले नेपाली नागरिकलाई समेत रोजगारीको अवसर दिने भएको छ। कम्पनीले चेन्नई नजिकैको स्रिसिटी, तमिलनाडुस्थित Free Trade Warehousing Zone (FTWZ) का लागि विभिन्न १० पदमा गरी २७ जना कर्मचारी माग गरेको हो।

कम्पनीका अनुसार Forklift Operator २, Stacker Operator २, Mechanic २, Electrician १, CNC Cutting Machine Operator २, Warehouse Worker/Loader/Packer ५, QC/Batch Checker ३, Customs Clearance तथा Import/Export Documentation ५, Housekeeping ४ र Supervisor १ जना आवश्यक छन्।

कम्पनीले नेपाली नागरिकलाई रोजगारीका लागि विशेष अवसर उपलब्ध गराउने जनाएको छ। उम्मेदवारले परिवारसहित भारतमा आवासको व्यवस्था गर्न सकिने विज्ञापनमा उल्लेख छ।

कर्मचारीका लागि डोर्मिटरी आवास, वर्षमा एकपटक नेपाल आउजाउ गर्न रेल/बस यात्राको खर्च तथा अनुभव र योग्यताअनुसार उचित तलब उपलब्ध गराउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206