२३ आषाढ २०८२, सोमबार

झापामा कोभिड संक्रमणको बढ्दो जोखिम, १५ हजार मात्रा फाइजर खोप प्राप्त

Logo
Pulse Khabar मंगलबार, आषाढ १७, २०८२

बनियानी । झापामा फेरि कोभिड संक्रमण देखिन थालेको छ। पछिल्लो समय जिल्लामा आठ जना नयाँ संक्रमित पुष्टि भएका छन्। तीमध्ये पाँचजना झापाका हुन् भने बाँकी मोरङ, इलाम र दोलखाका एकरएक जना रहेका छन् ।

संक्रमणको जोखिम बढ्न थालेसँगै कोभिडविरुद्धको खोप अभियान पुनः सक्रिय बनाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार हालै झापामा १५ हजार मात्रा फाइजर खोप आएको छ।

“झापाका सबै पालिकासँग समन्वय गरेर नयाँ तालिकाअनुसार खोप वितरण सुरु गर्नेछौं,” प्रमुख बाराकोटीले जानकारी दिए।

काँकरभिट्टामा कोभिड परीक्षण सुरु

संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिका–स्थित काँकरभिट्टा नाकामा शंकास्पद व्यक्तिको कोभिड परीक्षण सुरु गरिएको छ। परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटाइएको कार्यालयले जनाएको छ।

“जटिल अवस्थाका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्नेबारेमा अहिले अन्योल छ,” प्रमुख बाराकोटीले बताए। संक्रमण दर बढ्न नदिन सतर्कता र निगरानीलाई तीव्र पारिएको उनको भनाइ छ।

स्वास्थ्य कार्यालयले सबै नागरिकलाई सतर्क रहन, भीडभाड कम गर्न र खोप लगाउन आग्रह गरेको छ।

 

 

 

बनियानी ९झापा०, १७ असार — झापा जिल्लामा कोभिड–१९ संक्रमण पुनः देखिन थालेको छ। जिल्ला स्वास्थ्य कार्यालय, झापाका अनुसार पछिल्लो समय झापामा ८ जना कोभिड संक्रमित फेला परेका छन्। तीमध्ये ५ जना झापाका बासिन्दा हुन् भने बाँकी ३ जना मोरङ, इलाम र दोलखाका एक–एक जना रहेका छन्।

कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला स्वास्थ्य कार्यालयले संक्रमण नियन्त्रण तथा रोकथामका लागि तयारी तीव्र पारेको जनाएको छ। यसै क्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाले १५ हजार मात्रा फाइजर खोप प्राप्त गरेको जानकारी दिएको छ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख रामेश बाराकोटीका अनुसार खोप वितरण कार्य सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिनेछ। “नयाँ खोप तालिकाअनुसार खोप कार्यक्रम अगाडि बढाइनेछ,” प्रमुख बाराकोटीले बताए।

नाकामा परीक्षण, अस्पताल व्यवस्थापनमा अन्योल
कोभिड संक्रमितको संख्या पुनः बढ्न थालेसँगै मेचीनगर नगरपालिका अन्तर्गत काँकरभिट्टा नाकामा शंकास्पद व्यक्तिको परीक्षण सुरु गरिएको छ। उक्त नाकामा परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटाइएको प्रमुख बाराकोटीले जानकारी दिए।

तर, जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने विषयमा अझै स्पष्टता नआएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई सावधानी अपनाउन, अनिवार्य खोप लगाउन र आवश्यक सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206