०१ भाद्र २०८३, सोमबार

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

Logo
Pulse Khabar सोमबार, भाद्र ०१, २०८३

काभ्रेपलाञ्चोक:आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु भएको छ । अस्पतालले बिमाबापत रु आठ करोड प्राप्त गरेको छ ।

अस्पतालले बोर्डबाट सेवा प्रदान गरेबापत पाउनुपर्ने भुक्तानी रोकिएपछि गत असार १५ गतेदेखि स्वास्थ्य–बिमा सेवा पूर्णतः स्थगित थियो ।

स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा बीमितका लागि बहिरङ्ग (ओपीडी) सेवामार्फत बिमा सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । ओपिडीबाहेकका अन्य सेवा भने तत्काल बिमाअन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको हो ।

सेवा लिन आउने बिरामीले स्वास्थ्य–बिमा परिचयपत्र तथा अन्य आवश्यक कागजातसहित तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ । बीमितले अस्पताल आउनुअघि पायक पर्ने प्रथम सेवा विन्दुबाट आवश्यक प्रेषण लिनुपर्ने छ ।

स्वास्थ्य–बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन सञ्चालन हुनेछैन ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206