३० साउन २०८३, शनिबार

मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव सुरु

Logo
Pulse Khabar शनिबार, साउन ३०, २०८३

धनुषा: मिथिलाञ्चलमा आजदेखि झुलोनोत्सव (झुला) पर्व सुरु भएको छ ।

साउन शुक्ल तृतीयादेखि सुरु भई झुलोनोत्सव पूर्णिमासम्म जारी रहन्छ । झुलोनोत्सवमा मठमन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीतासहित देवीदेउताका मूर्ति राखी झुलाउने परम्परा रहिआएको छ । मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झुलोनोत्सवको सुरुआत सन्त परम्पराको प्रारम्भदेखि भएको पौराणिक मान्यता रहेको जानकी मन्दिरमा छोटे महन्थ रामरोसन दास वैष्णवले बताउनुभयो । सन्तहरूले खुला चउर वा रुखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाएको जनविश्वासका आधारमा मिथिलामा अहिलेसम्म पनि झुला उत्सवलाई निकै महत्वका साथ हेर्ने गरिएको उहाँको भनाइ छ ।

मिथिलाका प्रत्येक मठ मन्दिरमा झुलोनोत्सव मनाउने गरिए पनि जनकपुरधामको मठ मन्दिर आकर्षणको केन्द्रका रूपमा मानिन्छ । झुलोनोत्सवमा विशेषगरी भगवान् सीताराम र राधाकृष्णलाई आज साँझदेखि झुलामा झुलाइने परम्परा रहँदै आएको जानकी मन्दिरका छोटै महन्थ दासले बताउनुभयो ।जानकी मन्दिरसहित विभिन्न देवीदेवताको प्रतिमा रहेका प्रत्येक मठमन्दिरमा विशेष किसिमका सिंहासन निर्माण गरी सजाइएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा छ । यस उत्सवमा जनकपुरधामका मन्दिरबीच उत्सवभर रोचक प्रतिस्पर्धा हुने गर्दछ । एकातर्फ भगवान् राम र जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाचगान, भजनकीर्तन र लोक कथा सुनाइने गरिन्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206